आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

नेपालमा पहिलो पटक ब्याडमिन्टन एसियाको प्रतियोगिता हुँदै

बिहिबार, ३२ श्रावण २०८०खेलपाटी संवाददाता
नेपालमा पहिलो पटक ब्याडमिन्टन एसियाको प्रतियोगिता हुँदै
Classic Tech Internet Ad

काठमाडौं । नेपालमा ब्याडमिन्टन एसियाको प्रतियोगिता पहिलो पटक हुने भएको छ ।  नेपाल ब्याडमिन्टन संघले ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप २०२३ काठमाडौमा आयोजना गर्न लागेको हो । 

आयोजक नेपाल ब्याडमिन्टन संघले बिहीबार एक पत्रकार सम्मेलनको अयोजन गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको छ । 

महादेसीय ब्याडमिन्टनको सर्वोच्च संस्था ब्याडमिन्टन एसियाको प्रतियोगिता नेपालमा पहिलोपल्ट सञ्चालन हुन लागेको हो । प्रतियोगिता भदौ १ गतेदेखि ५ गतेसम्म एपीएफ क्लबको हलचोक स्थित कभर्डहलमा हुनेछ । 

च्याम्पियनसिपमा यू १५ र यू १७ प्रतियोगिताको रुपमा रहेको छ । यू १५ इन्डिभिज्युअलमा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गर्ल्स डबल्स, ब्वाइज डबल्स र मिक्स डबल्स गरी ५ स्पर्धा हुने छ । 

त्यस्तै यू १७ तर्फ पनि इन्डिभिज्युअलमा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गर्ल्स डबल्स, व्वाइज डबल्स र मिक्स डबल्स गरी ५ स्पर्धासमावेश गरिएको छ । त्यस्तै, यू १५ र यू १७ टिम च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा हुने छ । त्यसैले प्रतियोगितामा कुल इभेन्ट सञ्चालन हुने छन् ।

व्यक्तिगत र टिम स्पर्धासमावेश गरिएको छ । प्रतियोगितामा आयोजक नेपाल सहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्स गरी दक्षिण एसियाका ६ देशबाट ८–८ जना खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् । नेपाली टिममा १६ खेलाडी छन् । व्यक्तिगत स्पर्धामा आयोजक मुलुकका तीन खेलाडी एउटै स्पर्धामा सहभागि हुन पाउने व्यवस्था छ भने अन्य देशका दुई खेलाडीले एउटा स्पर्धामा प्रतिस्पर्धा गर्नसक्ने व्यवस्था गरिएको छ ।

च्याम्पियनसिपमा कुल ५२ खेलाडी सहभीग हुदैछन्, जसमा गल्सर्पतर्फ २६ र ब्वाइजतर्फ पनि २६ जना खेलाडी सहभागि हुने नेपाल ब्याडमिन्टस संघका अध्यक्ष रामजीबहार श्रेष्ठले जानकारी दिए ।  

प्रतियोगिता अन्तर्गत दक्षिण एसियाली स्तरका विभन्न चार इभेन्ट्स पनि सञ्चालन हुदैछ, जसमा साउथ एसिया लिडर्स डिभलमेन्ट मिटि, साउथ एसिया वुमेन्स इन ब्याडमिन्टन वर्कसप, साउथ एसिया रिजनल एम्पायर कोर्ष र साउथ एसिया जुनियर टेनिङ क्याम्प छन् । 

च्याम्पियनसिप तथा कार्यक्रम सञ्चालनका लागि ब्याडमिन्टन एसियाबाट सिनियर डेभ्लोप्मेन्ट सिनियर म्यानेजर सम्बेन्थन शिवपेरुमल र थानाबालन अरिकृष्णन तथा इभेन्ट्स म्यानेजर एनजी येइन मुन नेपाल आइसकेका छन् । ब्याडमिन्टन एसिया डेभ्लोप्मेन्ट कमिटिका चेयरमेन वाजित अलि चौधरी आजै राती आउँदै छन् ।
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि