शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्तर नगरपालिका क्रसकन्ट्री असोजमा हुने 

बिहिबार, ०४ आश्विन २०८०खेलपाटी संवाददाता
अन्तर नगरपालिका क्रसकन्ट्री असोजमा हुने 
Loading ad...
mustang rice ad

काठमाडौं । एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चन्द्रागिरी नगरपालिकाको सहआयोजनामा अन्तर नगरपालिका राष्ट्रिय क्रसकन्ट्री दौड अशोज १३ गते हुने भएको छ ।

चन्द्रागिरी नगरपालिकामा आयोजना हुने क्रसकन्ट्री दौडमा सिनियर महिला तथा पुरुषको १० किमी र जुनियर तर्फ महिला तथा पुरुषको ५ किमी गरि ४ विधामा ब्यक्तिगत, टिम र समष्टिगत रुपमा खेलाडीहरुलाइ प्रतिस्पर्धा गराईने जानकारी गराईयो ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमबारे औपचारिक जानकारी गराईएको हो । 

शीर्ष तीन स्थान हात पार्ने सिनियर ब्यक्तिगत तर्फका खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार सहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै जुनियर ब्यक्तिगत तर्फ शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले नगद १५ हजार, १० हजार र ७ हजारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै सिनियर तर्फ टिम प्रथमले २४ हजार, द्वितीयले ८ हजार र १२ हजार तथा जुनियर तर्फ १५ हजार, १२ हजार र ९ हजार नगदले पुरस्कृत गरिने छ ।

यसैगरि प्रतियोगितामा सहभागी टिमले प्राप्त गरको नतिजाको आधारमा समष्टिमा प्रथम हुने टिमले नगद ४२ हजार, द्वितीय हुने टिमले नगद ३० हजार, तृतीयले नगद १८ हजार, चौथोले नगद १४ हजार र पाँचौले नगद १२ हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरि २९३ नगरपालिकाका करिव २० नगरपालिकाका ३०० खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने विश्वास गरिएको छ । प्रतियोगिताको खर्च करिव २० लाख लाग्ने अनुमान गरिएको छ ।

दौड चन्द्रगिरी नगरपालिकाको कार्यालय बलम्बुबाट सुरु भई नगरपालिकाको विभिन्न स्थान हुदै पुन नगरपालिको कार्यालयमा आएर सम्पन्न हुने छ ।

कार्यक्रममा बोल्दै चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले नगरको गरिमा र गौरव बढाउने कार्यक्रममा आफुहरु जोडिएको बताए । चन्द्रागिरी नगरले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै चन्द्रागिरीमा आयोजना आयोजना हुदाँ देशब्यापी रुपमा नगरको प्रचार र प्रबद्र्धनमा सहयोग पुग्ने धारणा राखेका थिए ।

नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधी देवकोटाले कार्यक्रमको आयोजनाबाट देशभित्र रहेका एथलेटिक्सका खेलाडीको प्रतिभा प्रस्फोटनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । 

आयोजक संस्था परिवारका अध्यक्ष राजन खत्रीले नगरपालिकामा रहेका प्रतिभालाई उचित मञ्च प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । 

Loading ad...
LiNing Ad
#अन्तर नगरपालिका क्रशकन्ट्री

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित