शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

गजेन्द्र र पूर्णलक्ष्मीलाई अन्तर नगर क्रशकन्ट्रीको उपाधि

शनिबार, १३ आश्विन २०८०खेलपाटी संवाददाता
गजेन्द्र र पूर्णलक्ष्मीलाई अन्तर नगर क्रशकन्ट्रीको उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं । अन्तर नगरपालिका राष्ट्रिय क्रशकन्ट्री दौडको उपाधि हलेसी नगरपालिकाका गजेन्द्र राई र चन्दननाथ नगरपालिकाका पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा शनिबार भएको प्रतियोगिताको पुरुष १० किलो मिटर सिनियरमा गजेन्द्र र महिला स्पर्धामा पूर्णलक्ष्मी पहिलो बनेका हुन् । 

गजेन्द्रले निर्धारित दुरी ३२ मिनेट २६ सेकेन्डमा पार गरे । दशरथचन्द्र नगरका नरेन्द्र सिंह रावल ३२ मिनेट ३८ सेकेन्ड सहित दोस्रो र हलेसी नगरका सन्जय श्रेष्ठ ३३ मिनेट १२ सेकेन्डको समय सहित तेस्रो बने । 

महिला स्पर्धामा पहिलो बनेकी पूर्णलक्ष्मीले निर्धारित दुरी ४१ मिनेट ३० सेकेन्डमा पुरा गरिन् । जिरी नगरकी सुमित्रा चौधरी ४२ दशमलव ५५ सेकेन्ड सहित दोस्रो र भोजपुरकी अनिता राई ४६ मिनेट ०४ सेकेन्ड सहित तेस्रो बनिन् ।
दुवै स्पर्धाका विजेताले २५ हजार, तेस्रोले १५ हजार तेस्रोले १० हजार रुपैयाँ प्राप्त गरे । 

महिला ५ किलो मिटर जुनियरमा तारकेश्वर नगरपालिकाका अस्मिता भुजेल पहिलो भईन् । उनले निर्धारित दुरी २२ मिनेट ५९ सेकेन्डमा पार गरिन् । सुनबर्सी नगरपालिकाकाकी अंशुकुमारी मण्डल २३ मिनेट ११ सेकेन्डको समय सहित दोस्रो र भोजपुर नगरकी जुई राई २३ मिनेट १८ सेकेन्ड सहित तेस्रो बनिन् ।

पुरुष ५ किलो मिटर जुनियर स्पर्धामा पोखरा महानगरका कृषबहादुर परियार १७ मिनेट ४५ सेकेन्ड सहित पहिलो बने । चौतारा नगरका बिषराज कुवर १७ मिनेट ५५ सेकेन्ड सहित दोस्रो र पोखरा महानगरका बादल कार्की १८ मिनेट ३५ सेकेन्ड सहित तेस्रो बने ।

दुवै स्पर्धाका विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ७ हजार रुपैयाँ प्राप्त गरे । 

महिला १० किलो मिटर महिला टिममा भोजपुर नगरपालिकाका अनिता राई, सविना राई र सुनकला राई सम्मिलित टोली पहिलो बन्यो । चन्द्रागिरी नगरपालिकाका सर्मिला बोगटी, संगीता दाहाल, सर्मिला बस्नेत दोस्रो र मनरासिस्वा नगरपालिकाका रैगिरी कुमारी, निशा कुमारी र प्रिती कुमारी ठाकुरको टिम तेस्रो बन्यो ।

पुरुष १० किलो मिटर टिम इभेन्टमा हलेसी नगरपालिकाका गजेन्द्र राई, सञ्जय श्रेष्ठ र श्याम मग्रातीको टिम पहिलो बन्यो । दशरथचन्द्र नगरपालिकाको नगेन्द्र सिंह रावत, किरण रावल र प्रेम बस्नेतको टिम दोस्रो र नागर्जुन नगरपालिकाको निरज क्षेत्री, राजेन्द्र तामाङ र सञ्जिव न्यौपानेको टिम तेस्रो बन्यो ।

दुवै स्पर्धाका विजेता टिमले समान २४ हजार, दोस्रोले १८ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गरे । 

महिला ५ किलोमिटर जुनियर टिम स्पर्धामा भोजपुर नगरपालिकाबाट प्रतिनिधित्व गरेका जुई राई, बिनिता राई, जुलिन राईको टिम पहिलो बन्यो । भक्तपुरको उर्जा मधिकर्मी, क्याथ्रिन बासुकला र जोशिका दुवालको टिम दोस्रो र भिमेश्वर नगरपालिकाको पूर्णिमा श्रेष्ठ, अमृता बलामी र यमुना परियारको टिम तेस्रो बन्यो ।

पुरुष ५ किलो मिटर जुनियर टिम स्पर्धामा चन्द्रागिरीको छेवाङ्ग रोकाया, अजुज महत र हस्त सुनुवारको टोली पहिलो बन्यो । चन्द्रागिरी नगरपालिकाकै बी टिममा रहेका दोर्जे लामा, सिरल थापा र विकि विकको टोली दोस्रो र चांगुनारायण नगरपालिकाको दावाराज मैनाली, सन्तोष कार्की र पर्वत भण्डारीको टोली तेस्रो बन्यो ।

दुवै स्पर्धाका विजेता टिमले १५ हजार, दोस्रोले १२ हजार र तेस्रो हुनेले ९ हजार रुपैयाँ प्राप्त गरे । 

विजेता खेलाडीलाई नगरपालिकाका महासंघका अध्यक्ष भिमप्रसाद ढुङ्गाना, चन्द्रागिरी नगरका मेयर घनश्याम गिरी, चन्द्रागिरी नगरका प्रवक्ता कृष्णप्रसाद खड्गी, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री लगायतले पुरस्कृत गरेका थिए । 

समष्टिमा प्रथम, दोस्रो र तेस्रो हुने नगरपालिकाको घोषणा एक औपचारिक कार्यक्रमको आयोजना गरेर सार्वजनीक गरिने आयोजकले जनाएको छ । 

समापन समारोहमा कीर्तिमानी धावक बैकुन्ठ मानन्धर र राजेन्द्र भण्डारीलाई चन्द्रागिरी नगरपालिकाले सम्मान गरेको थियो । नेपाल एथलेटिक्स परिवार नेपालको आयोजना र चन्द्रागिरी नगरपालिकाको सह–आयोजनामा देशभरका नगरपालिका सम्मिलित प्रतियोगिताको ब्यवस्थापन प्रो स्पोर्ट्स प्रालीले गरेको थियो । 

Loading ad...
LiNing Ad
#अन्तर नगर क्रशकन्ट्री

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित