मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

पंकज समूहसँग मिलेर जाने इन्द्रमानको घोषणा

शनिबार, ३० मंसिर २०८०खेलपाटी संवाददाता
पंकज समूहसँग मिलेर जाने इन्द्रमानको घोषणा
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरले पंकजबिक्रम नेम्वाङ समूहसँग मिलेर जाने घोषणा गरेका छन् । एन्फा हेडक्वार्टरमा शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै पूर्व महासचिव समेत रहेका तुलाधरले पंजकबिक्रम नेम्वाङ नेतृत्वको निर्वाचित कार्यसमितिलाई सहयोग गरेर जाने बताएका हुन् । 

‘एक वर्षसम्म प्रतिक्षा गर्यौ । हटाउने वैधानिक प्रयास गर्यौ । सकेनौं । अब मिलेर जानपर्छ भन्ने हो ।’ तुलाधरले भने । 

ए डिभिजन क्लब संकटाका अध्यक्ष समेत रहेका तुलाधरले हरेक नेतृत्वलाई दुई कार्यकाल काम गर्न दिनुपर्छ भन्ने पक्षमा आफु रहेको बताउँदै एन्फाका वर्तमान अध्यक्ष नेम्वाङसँगको सहकार्य दिर्घकालिन हुनसक्ने संकेत समेत गरेका छन् । 

उनले आफुलाई एन्फाको तेस्रो शक्तिको रुपमा परिभाषित गर्दै पंकज नेतृत्वको कार्यसमिलिाई बलियो बनाएर लैजाने समेत बताएका छन् । ‘तीन वटा पक्षमध्य एउटा पक्षसँग मिल्नुस भनेर सुझाव दिदै आएको थिए । आफैले नेतृत्वको कोशिश गरेको हुँ, तर सकिन । अब फलो गर्छु ।’ तुलाधरको स्विकारोक्ति थियो, ‘कि लिड गर्नुपर्यो, कि फलो गर्नुपर्यो । नत्र आउट हुनपर्यो ।’ 

तुलाधरले कर्माछिरिङ समूहसँग मिलेर अध्यक्ष पंकजबिक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । हेटौडामा भदौ २५ गते भएको एन्फाको विशेष महाधिवेशनमा भने तुलाधरले अविश्वासको प्रस्ताव दर्ता गराएका नेम्वाङलाईनै साथ दिए । उनकै सहयोगमा नेम्वाङले झण्डै दुई तिहाई विश्वासको मत प्राप्त गरेका थिए । अधिवेशनमा तुलाधरले भने मतदान बहिष्कार गरे । तर उनी पक्षका अधिकांश प्रतिनिधिले नेम्वाङलाई मतदान गरेका थिए ।

तुलाधरले एन्फाको कन्ट्रोल फन्डिङलाई फुकाउन र प्रतियोगिता सञ्चालनको जिम्मेवारीमा सहयोग गर्ने समेत खुलाएका छन् । इन्द्रमान एन्फाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा फर्कने चर्चा छ । तर तुलाधर र एन्फामा महासचिव किरण राईले पत्रकार सम्मेलनमा त्यो विषयमा प्रस्ट पारेनन् । तर तुलाधरलाई दिने नयाँ भुमिकाको विषयमा दुवै पक्षले अस्विकार पनि गरेनन् । एक कदम अघि बढेर तुलाधरले भने, ‘भुमिका बिना त काम गर्न गाह्रो हुन्छ ।’ 

फुटबल राजनीतिमा अस्थिर र अवसरवादी चरित्रको आरोप ब्यहोर्दै आएका तुलाधरले आफुमाथि लागेका आरोपमा खासै खण्डन गरेनन् । ‘म फुटबलमा काम गर्न रमाउने मान्छे हो । कसैले मलाई अस्थिर र अवसरवादी भन्छ भने मेरो कुनै गुनासो छैन ।’ उनले थपे । 

उनले हेटौडा महाधिवेशनमा मतदान गर्ने विषयमा कर्माछिरिङ शेर्पा नेतृत्वको समूहसँग आफ्नो विवाद भएको समेत बताए । ‘हामी आफैले माग गरेको विशेष साधारण सभाको मतदानमा भाग लिनुपर्छ भन्ने थियो । उहाँहरु अदालत, अख्तियार जाने विषयमा समेत मसँग सल्लाह गर्नुभएन ।’ शेर्पा समूहसँग अलग हुने कारण बारे तुलाधरले भने । 

एन्फा महासचिव किरण राईले फुटबल विकासमा सबैलाई सहकार्यको अपिल गरिएको बताए । उनले मिलेर काम गर्ने उद्धेश्य अनुसार तुलाधरसँग सहकार्य गर्न लागिएको प्रस्टाए । ‘हेटौडा महाधिवेशनबाट फुटबल ट्रयाकमा फर्किएको छ । अब फुटबलले गति लिन्छ ।’ उनले दाबी गरे । 

पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेस शाहको समेत उपस्थिती रहेको थियो । 
 

Bajaj Pulsar Motorcycle Ad
# इन्द्रमानको घोषणा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

Bajaj Pulsar Motorcycle Ad
को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

मेसीले मोदीलाई किन भेटेनन्?

मेसीले मोदीलाई किन भेटेनन्?

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्