शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुलिसलाई पहिलो दिन पाँच स्वर्ण 

बिहिबार, १८ माघ २०८०खेलपाटी संवाददाता
पुलिसलाई पहिलो दिन पाँच स्वर्ण 
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल पुलिस क्लबले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार प्रतिस्पर्धा भएको ५ स्वर्ण पदक जितेको छ ।

सातदोबाटोस्थित कराते हलमा सुरु भएको प्रतियोगितामा‌ पुलिसले महिला कमुतेको ४५ केजी तथा महिला र पुरुषको एकल र टिम काता सबैमा स्वर्ण पदक जितेको छ  ।

४५ केजीमा पुलिसकी वर्षा बुढामगर स्वर्ण पदक जितेकी छिन् । वर्षाले फाइनलमा एपिएफकी दीपा लामालाई‌ ६.२ ले हराइन् । कोशीकी स्मृति चौधरी र मधेश प्रदेशकी प्रोशिया चौधरीले कास्य पदक जिते।

त्यसअघि एकलमा स्वर्ण पदक जितेकी एलिसा रास्कोटी मगरसहित तप्पी थापा मगर, मेघा लिम्बुको टोली‌‌ टिम कातामा पहिलो स्थान हासिल गरेको थियो । तीव्र प्रतिस्पर्धात्मक रहेको फाइनलमा पुलिसले ३८.६ स्कोर गर्यो । रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङ सम्मिलित आर्मीले ३६.५ स्कोर गर्दै रजत पदकमा चित्त बुझाउनु पर्यो । बागमती र एपिएफले कास्य पदक प्राप्त गर्यो ।

त्यसअघि पुलिसले पुरुष टिम काता, एकल काता महिला र पुरुष एकल कातामा स्वर्ण पदक जितेको थियो । एकल कातामा स्वर्ण जितेका स्वर्णिम मानन्धरसहित फुर्तेन तामाङ र जगत सिंह धानुकको‌ पुलिस टोलीले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएको हो । पुलिसले ३८.९ स्कोर गर्दा रजत पदक विजेता आर्मीले ३७.७ स्कोर गरेको थियो । एपिएफ र बागमती प्रदेशले कास्य पदक प्राप्त गरे ।

पुलिसकी एलिसाले महिला एकल कातामा स्वर्ण पदक जितेकी हुन् । १९ औं एसियाली खेलकुदमा भाग लिएकी एलिसाले पुलिसका‌ लागि दिनको दोस्रो स्वर्ण पदक जितिन् ।

एलिसाले फाइनलमा ३८.८ स्कोर गर्दै पहिलो स्थान प्राप्त गरिन् । ३८.१ स्कोर गरेकी एपिएफकी मिरा खत्रीले रजत पदक जितिन् । बागमती प्रदेशकी सन्जु देशार र त्रिभुवन आर्मी क्लबकी सानुमाया थिङले कास्य पदक जिते ।

त्यसअघि पुरुष एकलको‌ फाइनलमा  स्वर्णिमले ३९.३ अंकसाथ पहिलो स्थान हासिल गरेका थिए। ३८.७ स्कोर गरेका  आर्मीका विनय लिम्बुले रजत पदक प्राप्त गरे । बागमती प्रदेशका अन्जन यसमाली मगर र एपिएफका खगेन्द्र चाम्लिङ राईले कास्य पदक प्राप्त गरे ।

जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ २० गतेसम्म चल्ने प्रतियोगितालाई  गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।

प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के। जी। माथि, एकल काता र टिम कातामा तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ के।जी। माथी, एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ । ७ वटै प्रदेशका  र ३ विभागीय टोलीका गरि २ सय ४० ले भाग लिएका छन् ।

प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु। १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिता करातेको‌ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका‌ रूपमा रहेको‌ छ । बागमती प्रदेश सभासद मिनकृष्ण महर्जनको परिकल्पनामा आयोजित प्रतियोगिताको उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले एक समारोहमाझ उद्घाटन गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरिका  तमु धीको सद्भावना दूत

एरिका तमु धीको सद्भावना दूत

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा