बिहिबार, ०३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘संकटासंग मेरो रगतको नाता छ’

आइतबार, २२ पौष २०७५सन्जिब कुमार साह
‘संकटासंग मेरो रगतको नाता छ’
Loading ad...
mustang rice ad

काठमाडौं । लिगको मिति घोषणा भए लगत्तै संकटा क्लब आन्तरिक छलफलमा जुट्यो ।

कस्तो टिम बनाउने ?

टिमको लक्ष्य के हुने ?

करिब ५ बर्षपछि 'ए' डिभिजन लिग सुरु हुँदै थियो । फुटबल संघ आन्तरिक विवादबाट गुज्रिदाँ गतिविधि ठप्प थिए । खेलाडी उत्पादन शुन्य थियो ।

लिग त सुरु हुने भयो, बजारमा खेलाडी थिएनन् । राष्ट्रिय टिमका अधिकांश खेलाडी ठुला क्लब थ्री स्टार र मनाङमा आबद्ध थिए ।

संकटाको फुटबल कमिटिले निर्णय गर्यो, औषत टिम बनाउने । शीर्ष ६ मा अटाउने ।

मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका सल्यान खड्गीले बजारमा उपलब्ध रहेका खेलाडी समावेश गर्दै टिम बनाए । राष्ट्रिय टिमका खेलाडी ताकेनन्, औषत खेलाडीलाई प्राथमिकतामा राखे ।

नतिजा हेर्दा, राष्ट्रिय टिमका खेलाडीले भरिएका ठुला क्लबलाई पछाडी पार्दै संकटा लिगको उपविजेता बन्न सफल भएको छ ।
औषत टोलीको नेतृत्व गरेर शीर्ष डिभिजनको पहिलो सहभागितामै प्रशिक्षक सल्यान खड्गीले ठुलो सफलता हात पारेका छन् ।
संकटाको यात्रा जति रोमाञ्चक छ, क्लबले प्राप्त गरेको सफलताका मुख्य ‘आर्किटेक्चर’ सल्यानको फुटबल कथा अझ उत्तिकै दमदार छ ।

Image may contain: 1 person, smiling, drink and outdoor

सल्यानका बुवा कृष्ण प्रसाद खड्गी फुटबलका सौखिन थिए । कृष्ण प्रसादले टोलका युवा जम्मा पारे । केही युवाहरुको समूह बनाएर २००८ सालमा क्लबको गठन गरे । काठमाडौंका गल्ली गल्लीमा फुटबल खेलिने समय थियो । टोल टोलबीच फुटबलको घमासान प्रतिस्पर्धा हुने गर्दथ्यो ।

कृष्ण प्रसाद गोलकिपर पोजिसनबाट खेल्थे । उनका ६ छोरा भए । पाँचले फुटबल खेले । सबैले संकटाको जर्सी लगाए । केही समय अन्य क्लबमा नदेखिएका होईनन् । सबैले अधिकांश समय संकटाकै जर्सीमा फुटबल जिवन समर्पण गरे ।

‘बाबुले बनाएको क्लब, माया पनि बेशी छ । जे गरेपनि क्लबकै लागि गर्न पर्छ भन्ने लाग्छ । क्लबसंग मेरो रगतको नाता छ ।’ सल्यानले कुराको सुरुवात गरे ।

संकटाका पुर्व कप्तान सल्यान अहिले घरेलु फुटबलका ‘हटकेक’ छन् । दुई बर्ष अघि मात्र बी लाईसेन्स सकेका उनीले लिगमा अप्रत्यासीत सफलता हात पारेका छन् । औसत टिमको नेतृत्व गर्दै उनले एक खेल अगावै संकटालाई ए डिभिजन लिगको उपविजेताको रुपमा उभ्याई दिएका छन् ।

Image may contain: 1 person

५७ सालमा उनले 'बी' डिभिजनबाट खेल यात्रा प्रारम्भ गरे । सुरुमा उनी फरवार्डबाट खेल्थे ।

६० सालमा उनी एनआरटी लागे । मुख्य प्रशिक्षक राजुकाजी शाक्यले उनलाई मिडफिल्डमा खेलाए ।

अर्को बर्ष उनी संकटामा आए । फरवार्डको रुपमा उनी अभ्यास गर्दै थिए । संकटाले जावलाखेलसंग मैत्रिपुर्ण म्याच खेल्न पर्ने भयो । प्रशिक्षक पुष्प महर्जनले उनलाई लेफ्ट ब्याक खेल्न आग्रह गरे । त्यसपछि उनलाई प्रशिक्षकले लेफ्ट ब्याकमा निरन्तर खेलाए, त्यही पोजिसनमा उनलाई स्थापित गराए । सल्यानले सेन्टर ब्याक हुँदै राईट ब्याक पोजिसनबाट खेले ।
एक समय त उनी गोलकिपर समेत बने ।

६३ को लिगमा प्रतिद्वन्दी जावलाखेल थियो । संकटा १–० ले अगाडी थियो । तीन जना खेलाडी स्थानान्तरण भएका थिए । बंगलादेशी गोलकिपर करिम घाईत हुन पुगे । खेलाडी फेर्ने अवस्था थिएन । उनले गोलकिपरको पोस्ट समाले र दुई उत्कृष्ट बचाउ गरे । खेल संकटाले जित्यो ।

६५ सालमा संकटा 'बी' डिभिजन झर्यो । त्यो क्षण उनी रुन मात्र सकेनन् ।
अन्य क्लबले उनलाई खेल्न प्रस्ताव गरे । ‘क्लब पो झरेको हो, खेलाडी झरेको होईन ।’ धेरैले सम्झाउन खोजे ।
तर उनको मनले मानेन ।

‘बुवाको क्लब हो, मैले खेल्दै गर्दा झरेको हो । मै खेलेर उकास्छु ।’ उनले उत्तर फर्काए ।

अर्को बर्ष संकटा 'ए' डिभिजनमा उक्लियो । सल्यानले कप्तानीको जिम्मेवारी पाए ।
७० सालसम्म उनले कप्तानीको रुपमा टोलीको नेतृत्व गरे ।

उनलाई २०६० सालमा यू - १९ टिमका लागि एन्फाले बोलाएको थियो । बंगलादेशमा खेल थियो । उनी टिममा पर्ने निश्चित जस्तै थियो । अन्तिम समयमा रंगशालामा अभ्यास गरेर घर फर्कने क्रममा उनले चोट बोके । अभ्यास गर्दा सामान्य अवस्थाका सल्यान घर फर्कदा हिड्न नसक्ने भए ।

दुई हप्ता अगाडीको सो घटनाले उनी टिम बाहिर भए । त्यो घटनालाई सल्यान जीवनको ठुलो पछुतो मान्छन् ।

७० सालपछि घरेलु फुटबल बन्द जस्तै भयो । भुकम्प आयो, एन्फामा नेतृत्व परिवर्तनको बहश चर्कियो । घरेलु लिग बन्द अवस्थामा थियो । उनले त्यही मेसोमा प्रशिक्षकको 'सी' र 'बी' लाईसेन्सको कोर्स पुरा गरे ।

घरेलु लिग बन्द भएपनि मोफसलमा फुटबल गतिविधि चलेका थिए । 'सी' लाईसेन्स सकेका उनलाई क्लबले मोफसलमा टोली लैजान अनुमति दियो ।

‘सी लाईसेन्स सकिनु र मोफसलमा प्रतियोगिता सुरु हुनु मेरो लगि भाग्य ठहरियो । प्रशिक्षकको रुपमा संकटाको टिम लगेर मोफसल जान पाए ।’ खड्गी प्रफुल्लित रुपमा भने ।

७३ सालको मोफसलको प्रतियोगितामा संकटाले १० वटा फाईनल खेल्यो । सिमरा, विकास रनिङ शिल्ड र तिलोत्तमा गोल्डकप गरेर उसले तीन उपाधि जित्यो ।

७४ सालको मोफसल प्रतियोगितामा उतार चढाब देखियो । क्लबको सहभागिता उल्लेख्य रहेन ।
जब ७५ सालमा लिगको घोषणा भयो, एन्फाले क्लब लाईसेन्सिङ सिस्टम लागु गर्ने बताएको थियो । त्यो अवस्थामा 'ए' लाईसेन्सले मात्र क्लब हेर्ने मौका मिल्ने थियो ।

पहिलो बर्ष एन्फाले क्लब लाईसेन्सिङ सिस्टम लागु गरेन, सल्यान भाग्यमानी ठहरिए । क्लब समाल्ने मौका पाए । पहिलो सहभागितामै क्लबलाई उपविजेता बनाउन सफल भए ।

एक समय लिगमा संकटा बलियो अवस्थामा थियो । आठौं चरणको खेलसम्म उसले शीर्ष स्थानको मनाङलाई पछ्याई रहेको थियो । त्यही समय माल्दिभ्स र ईन्डोनेशियाको लिग खेलेर किरण चेम्जोङ र रोहित चन्द नेपाल फर्किएका थिए । क्लबबाट राष्ट्रिय टिमका दुई स्टार खेलाडीको राख्ने बिषयमा प्रशिक्षक सल्यानलाई प्रस्ताव आयो ।

प्रस्तावलाई उनले ठाडै अस्विकार गरिदिए । 

उनले प्रश्न गरे, क्लबको लक्ष्य के हो ?

‘उत्कृष्ट खेलाडी र औसत खेलाडी खेलाउदाँ कमजोर खेलाडीलाई मानसिक असर पर्छ । त्यसको प्रभाव खेलमा देखिन्छ । औसत खेलाडीले शतप्रतिशत दिएर खेल्न सक्दैन । सिको गर्दा आफ्नो स्वभाविक लय बिर्सन्छ । त्यसैले टिममा नयाँ सदस्य नथपेको हुँ ।’ भेटमा उनले कारण खुलाए ।

त्यसो भए संकटाले प्राप्त गरेको सफलताको मुख्य कारण के त ?

छिटो छिटो उत्तर दिन मन पराउने सल्यानले भने, ‘क्लबको व्यवस्थापन, खेलाडी छनोट, खेलाडीको अनुशासन र टिमको एकता ।’

अन्तिममा
७२ सालको भुकम्पले सल्यानको घर बस्न लायक रहेन । टेबहालको घर भत्कियो । उनी बनस्थली सरे । उनले टोल छाडे, क्लब छाड्न सकेनन् । उनी दिनचर्या टेबहालको वरपर बित्छ ।

‘यो मेरो पुर्खा हो जन्मस्थान हो । मेरो जिवनमा फुटबल बाहेक अरु केही छैन । बसाई त सरे, तर मन सरेको छैन ।’ कुराको बिट मार्दै उनले मुस्कुराउँछन् ।

 

तस्विर : सल्यान खड्की फेसबुक 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

मेसीले किने स्पेनिस क्लब

मेसीले किने स्पेनिस क्लब

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !