शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आरसी ३२ का सुमन र बबिनसहित ३ खेलाडीलाई ‘सी’ डिभिजनमा प्रतिबन्ध

आइतबार, २३ बैशाख २०८१खेलपाटी संवाददाता
आरसी ३२ का सुमन र बबिनसहित ३ खेलाडीलाई ‘सी’ डिभिजनमा प्रतिबन्ध
Loading ad...
mustang rice ad

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘सी’ डिभिजन लिग खेलिरहेका तीन खेलाडीलाई प्रतिबन्ध लगाएको छ।

आरसी ३२ फुटबल एकेडेमीका सुमनबहादुर मगर तथा बबिन बोहरा र स्वयम्भू क्लबका अशोक दर्लामीलाई ‘सी’ डिभिजन प्रतियोगिता अवधिभर एन्फा अनुशासन समितिले प्रतिबन्ध लगाएको हो। 

खालीवारी युवा फुटबल क्लबले आरसी ३२ बाट खेलिरहेका जर्सी नम्बर ४ का खेलाडी सुमन ‘बी’ डिभिजनको झापा फुटबल क्लबमा दर्ता भएको भन्दै उजुरी गरेको थियो। उक्त उजुरीपश्चात् छानबिन गर्दा सुमनलाई बैशाख ४ गते रिलिज गरेको देखिएकाले कारबाही गरिएको एन्फाले जनाएको छ। 

यस्तै, आरसी ३२ का जर्सी नम्बर १६ का खेलाडी वविन वहरा (बबिन बोहोरा) ‘बी’ डिभिजन क्लब श्री भगवतीमा दर्ता भएको भन्दै सामाजिक युवा क्लबले उजुरी गरेको थियो। उक्त उजुरीपश्चात् छानबिन गर्दा बबिन भगवतीमा दर्ता रहेको पाइएको एन्फाले जनाएको छ।

क्लबमा आबद्ध खेलाडीले खेल्नुपूर्व कम्तीमा ४८ घण्टा अगाडि दर्ता गर्नुपर्ने व्यवस्था रहेकोमा आरसी ३२ र बबिनले प्रतियोगिता नियमावलीविपरीत कार्य गरेको पुष्टि भएकोले कारबाही गरिएको एन्फाल जनाएको छ।

लिग प्रतियोगिता नियमावली २०२४ को नियम २८ अनुसार उनलाई अनुशासनको कारबाही गरी म्याच नम्बर २४ रद्द गरिएको एन्फाले जनाएको छ। योसँगै उक्त खेलमा सामाजिक युवा क्लबलाई ३-० गोल अन्तरको नतिजा दिने निर्णय गरिएको छ। 

यस्तै, श्री भगवती क्लबमै दर्ता भएको अशोकलाई स्वयम्भूले खेलाएको भन्दै कारबाही गरेको छ। बागमती युवा क्लबले जर्सी नम्बर २६ लगाएर खेलिरहेका अशोकले फुकुवाबिनै खेलेको भन्दै उजुरी गरेको थियो।

उक्त उजुरीपश्चात् छानबिन गर्दा उनी दोषी पाइएकोले कारबाही गरिएको एन्फाले जनाएको छ। योसँगै स्वयम्भूले बागमतीविरुद्ध खेलेको म्याच नम्बर २३ रद्द गरिएको छ। उक्त खेलमा बागमतीलाई ३-० गोलको नतिजा दिने निर्णय गरिएको छ। 

एन्फाले ३ खेलाडीलाई नै जनही १० हजार र लिगका बाँकी सबै खेलमा प्रतिबन्ध लगाउने निर्णय गरिएको एन्फाले जनाएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा