शनिबार, २१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. पारा खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

पारा भारोत्तोलनमा रजनीलाई स्वर्ण

आइतबार, २९ पौष २०७५खेलपाटी संवाददाता
पारा भारोत्तोलनमा रजनीलाई स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगिताको महिला ५५ केजीमा रजनी राईले आइतबार स्वर्ण जितेकी छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा रजनीले ४० केजी भार वहन गरिन् । अनु राई (३५ केजी) तथा हेमकुमारी राई (३० केजी) क्रमशः दोश्रो र तेश्रो भए ।

महिला ५५ केजीमाथि सरिता थुलुङ ५५ केजी वजन उचाल्दै पहिलो भइन् । निर्मला भण्डारी (५० केजी) ले रजत तथा लक्ष्मी घिमिरे (४० केजी) ले कांस्य जिते ।

पुरुष ५४ केजीमा ५५ केजी भार उठाएका दानबहादुर थिङले शीर्ष स्थान हात पारे । गिरीराज थापा दोश्रो तथा सागर पाण्डे तेश्रो बने । दुवैले समान ४५ केजी वजन उठाए पनि अघिल्लो लिफ्टका आधारमा गिरीराज दोश्रो भएका हुन् । ६५ केजीमा विष्णुपुकार श्रेष्ठ पहिलो भए । उनले ६५ केजी तौल उचाले । त्यत्तिनै तौल उचाले पनि अघिल्लो लिफ्टको प्रदर्शनका आधारमा दीपक तिल्सिनाले दोश्रो स्थानमा चित्त बुझाए । ६० केजी भार वहन गरेका यम श्रेष्ठ तेश्रो स्थानमा रहे ।

पुरुष ७२ केजीमा आशिष मानन्धरले स्वर्ण जिते । आशिषले १२० केजी वजन उठाए । भरत बिसी (६५ केजी) दोश्रो तथा रविन्द्र खत्री (५५ केजी) तेश्रो भए । ७२ केजीमाथि राजाराम सिलवालले प्रतिद्वन्द्वीलाई उछिन्दै स्वर्ण हात पार्ने क्रममा ९० केजी भार उचाले । शरद पौडेल (८० केजी) दोश्रो तथा निर्मल श्रेष्ठ (७० केजी) तेश्रो भए ।

विजेतालाई राखेपकी सदस्य इन्दिरा निरौला, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला र महासचिव कुमार पौडेल, आयोजक संघका अध्यक्ष टेक गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

एकदिने प्रतियोगितामा २७ पुरुष खेलाडीले ४ तथा १५ महिला खेलाडीले २ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पारा एथेटिक्स टोली भारत प्रस्थान

पारा एथेटिक्स टोली भारत प्रस्थान

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा