क्वार्टरफाइनलमा पराजित भइन् पलेशा
शुक्रबार, १४ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पाराओलम्पिकको क्वार्टरफाइनलमा पराजित भएकी छन्। शुक्रबार भएको खेलमा उनी ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०-८ ले पराजित भएकी हुन्।
के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यो स्पर्धाको पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन्। यद्यपि, पहिलो चरणमा जित निकालेको भएर पलेशाले रिपाचेज खेल्ने अवसर पाउने छिन्।











-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)