आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

उपाधि नै नेपालकाे लक्ष्य

बुधबार, ३० आश्विन २०८१खेलपाटी संवाददाता
उपाधि नै नेपालकाे लक्ष्य
Classic Tech Internet Ad

काठमाडौं। नेपाली महिला टोली त्यस्तो टोली हो, जसलाई अभागीको ‘ट्याग’ भिराउँदा कुनै फरक पर्दैन। किनभने यो त्यही टोली हो जसले पाँचपल्ट साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेर पनि उपाधि चुम्न सकेको छैन।

यही टोलीले पुनः एकपल्ट भाग्य जाँच्ने भएको छ। यसै भन्छिन् कप्तान अञ्जिला तुम्बापो सुब्बा, ‘समग्रमा अभ्यास राम्रो भएको छ। दुई हप्तामा अभ्यास भए पनि लिगले धेरै सहयोग गरेको छ। टोली सन्तुलित छ। राम्रो तयारी भएको छ। मेहनत गरेका छौं। लक्ष्य च्याम्पियन बन्ने हो।’ 

बिहीबार भारतले पाकिस्तानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। तर, समूह ‘बी’ मा रहेको साबिक उपविजेता नेपालको भने पहिलो प्रतिद्धन्द्धी हुनेछ, भुटान। यी दुई टोली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आमुनेसामुने हुनेछन्। नेपाली महिला टोलीले भुटानविरुद्ध कहिल्यै हार बेहोर्न परेको छैन। हुन त भुटानसँग नेपालको भेट हुने भनेकै साफमा मात्रै हो।

अहिलेसम्म यो टोलीसँग भिड्दा नेपालले चार खेलमा २३ गोल गरेको छ। तर, भुटानले भने एक गोल पनि फर्काउन सकेको छैन। यस्तोमा भुटान नेपालका लागि सहज प्रतिद्धन्द्धी हुन सक्छ। तर, घरेलु टोली नेपालले पनि राम्रो तयारी गर्न पाएको छैन। कप्तान अञ्जिलालाई लागेको छ, कृतिम मैदानमा अभ्यास गरेर घाँसे मैदानमा खेल्दा केही समस्या पक्कै आउने छ। 

अझ नेपालले दशरथ रंगशालामा अभ्यास गरेको भनेको एकदिन मात्रै हो। त्यसैले मुख्यप्रशिक्षक राजेन्द्र तामाङ पनि भुटानलाई कमजोरी टोली भने आँक्दैनन्। भन्छन्,‘भुटानले राम्रो गरिरहेको छ। समूहमा भुटान राम्रो हो। विगत र अहिलेको भुटानमा धेरै फरक छ।’

भुटानले ग्रास्ट रुटदेखि नै महिला फुटबललाई विशेष प्रथामिकतामा राखेको छ। उसले राष्ट्रिय टोलीको बेन्च स्ट्रोङ बनाउन यु–१४ देखि नै लिग गरिरहेको छ। त्यसैले भुटान यसपल्ट युवा टोली लिएर काठमाडौं आइपुगेको छ।

तर, नेपाली टोलीमा भने उहीँ पुराना खेलाडी छन्। थपिएको भनेको एकमात्रै नयाँ खेलाडी हुन सजनी थोकर। पहिलो चरणमा १८ नयाँ खेलाडी बोलाएपनि समय कम हुँदा पुरानैलाई प्राथमिकता दिन परेको तामाङ बताउँछन्। 

त्यसैले नेपाली र भुटानी खेलाडी खेलाउँदा केही फरक हुने उनले महसुस गरेका छन्। ‘हामीले दुई हप्ताको अभ्यास समय पायौं। राष्ट्रिय महिला लिग भइरहेका कारण अभ्यास कम भयो। समय धेरै भएको भए अझै काम गर्न सकिन्थ्यो। नयाँ खेलाडीलाई पनि जाँच्ने अवसर थियो। तर, पाएनौं,’ उनी भन्छन्। 

तर, उपाधिमा केन्द्रित रहेर काम गरेको उनको भनाइ छ। नेपाल रहेको समूहमा भुटानसँगै माल्दिभ्स र श्रीलंका पनि छन्। यी टोलीको चुनौती पार गर्न उनी सावित्रा भण्डारी र रेखा पौडेलमा अत्याधिक निर्भर छन्। सावित्राले साफमा नेपालका लागि १९ गोल गरिसकेकी छन्। तर, उनले भुटानविरुद्धको खेल भने गुमाउने छिन्।

उनी आइतबारमात्रै फ्रान्सबाट नेपाल आइपुग्ने छिन्। रेखा भने बुधबार नै दुबईबाट नेपाल आइपुगेकी छन्। दुवै स्ट्राइकर व्यावसायिक लिगमा व्यस्त भएका कारण प्रशिक्षणमा जोड्न नसकेको प्रशिक्षक तामाङ बताउँछन्। त्यसैले भुटानविरुद्ध भिन्न रणनीति अनुसारको खेल हुने उनको भनाइ छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

फर्किए सलाह

फर्किए सलाह

Bajaj Pulsar Motorcycle Ad
तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि