आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

ओलम्पिक प्रतिनिधिमा भाँडभैलो, चिप्लिए पिताम्बर

बिहिबार, ०४ पौष २०८१खेलपाटी संवाददाता
ओलम्पिक प्रतिनिधिमा भाँडभैलो, चिप्लिए पिताम्बर
Classic Tech Internet Ad

काठमाडौं । प्रतिनिधि छनोट विषयलाई लिएर नेपाल ओलम्पिक कमिटि (एनओसी)मा भाँडभैलो मच्चिएको छ । चुनावबाट भागेका र पराजित बनेका व्यक्तिलाई नै प्रतिनिधिको रुपमा ओलम्पिकले सार्वजनीक गरेपछि नयाँ विवाद सुरु भएको हो । निकै विवादीत बनेको नेपाल ओलम्पिकको चुनाव निर्धारित समयमै हुने-नहुने अन्यौल छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसी र राष्ट्रिय खेलकुद परिषद्लाई बेवास्ता गर्दै घोषणा गरिएको चुनावको मिति पुस १३ गते तोकिएको छ । 

एनओसीको संशोधित विधानलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटिले अहिलेसम्म स्वीकृत गरेको छैन । तर अदालतको आदेश अवज्ञा गर्दै विधान संशोधन गरेका अध्यक्ष जीवनराम श्रेष्ठले आईओसीबाट विधान स्वीकृत नहुँदै चुनावको घोषणा गरेका छन् । एनओसीले हिजो बुधबार २७ वटा संघबाट आएका प्रतिनिधिको नाम सार्वजनीक गरेको थियो । तर ओलम्पिकले सार्वजनीक गरेको संघहरुको प्रतिनिधिमा नेपाल पौडी संघ, नेपाल टेबल टेनिस संघ, नेपाल कुस्ती संघ र नेपाल उसु संघमा विवाद देखिएको छ । 

राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिएर राष्ट्रिय खेलकुद ऐन २०७७ अनुसार चुनाव गराएका पौडीबाट जगतमान श्रेष्ठ, टेबल टेनिसबाट बिजेन्द्र हमाल, उसुबाट शैलेश कर्मचार्य र कुस्तीबाट सम्राट कुसारीले ओलम्पिकमा प्रतिनिधिको रुपमा नाम पठाएका थिए । तर एनओसीले पौडीबाट अशोक रत्न बज्राचार्य, टेबल टेनिसबाट चतुरानन्द वैद्य, कुस्तीबाट समिम मियाँ अन्सारी र उसुबाट लाक्पा लामाको नाम सार्वजनीक गरेको छ । 

पौडीका अशोकरत्न र टेबल टेनिसका चतुरानन्द संघबाट बाहिरिएपछि ओलम्पिक अध्यक्षको ‘फेरो’ समाएर एनओसीको चुनावमा सामेल भएका छन् । ओलम्पिकमा जाने बाटो बन्द भएपछि अन्तराष्ट्रिय महासंघलाई गलत पत्राचार गर्दै दुवैले राष्ट्रिय संघमा अनावश्यक विवाद खडा गरेका छन् । कुस्ती र उसुबाट प्रतिनिधि बनेका समिम मियाँ र लाक्पाले निर्वाचन बहिष्कार गरेर आफैलाई वैधानिक संघको रुपमा सञ्चालन गर्दै आएका छन् । 

राष्ट्रिय संघमा देखिने विवादलाई आफ्नो राजनीतिक स्वार्थमा ओलम्पिकको वर्तमान नेतृत्वले प्रयोग गर्दै आएको छ । आफैले प्रतिनिधि बनाएर निर्वाचन गराएको नेपाल पौडी संघलाई ओलम्पिकले बाहिर राख्दै आफ्नो निहित स्वार्थमा अशोकरत्नलाई प्रतिनिधिको रुपमा सार्वजनीक गरेको छ । 

नेपाल टेबल टेनिस संघका अध्यक्ष ब्रिजेन्द्र हमालले पूर्वाग्राही ढंगले ओलम्पिक प्रतिनिधिको रुपमा आफुहरुलाई बहिर राखिएको बताए । ओलम्पिकको गलत कदमविरुद्ध आफुहरु कानुनी उपचार खोज्ने हमाल बताउँछन् । ‘आफै संयोजक रहेको कमिटिले गराएको चुनावबाट डराएर भागेका तत्कालिन अध्यक्ष ओलम्पिक प्रतिनिधि बनेको देख्दा लाज लागेको छ । कम्तिमा आफ्नो नैतिकताको ख्याल उहाँ (चतुरानन्द वैद्य)ले गर्नुपर्ने हो ।’ उनले भने । 

नेपाल कुस्ती संघका अध्यक्ष सम्राट कुसारीले आधिकारिक संघहरुलाई बाहिर राख्दै गर्न खोजिएको निर्वाचन दुखद रहेको बताए । उनले पनि ओलम्पिकको खराब कदमविरुद्ध कानुनी उपचार खोजिने बताए । 

चार वटै संघले ईमेलमार्फत ओलम्पिक अध्यक्ष र महासचिवलाई समेत टासेर प्रतिनिधिको नाम पठाएका थिए । तर ओलम्पिकको वर्तमान नेतृत्वले आफु अनुकुलका प्रतिनिधिलाई समावेश गर्दै ती नामहरुलाई अस्विकार गरेको छ । 

ओलम्पिक चुनावको प्रतिनिधिको नाम सार्वजनीक हुदाँ सर्वाधिक चासोको रुपमा हेरिएका पिताम्बर तिमिल्सिना चिप्लिएका छन् । यसअघि नेपाल एथलेटिक्स संघबाट प्रतिनिधि बनेर ओलम्पिक छिरेका पिताम्बरले यस पटक ओलम्पिक छिर्न कुनै संघ पाएनन् । ओलम्पिक चुनावमै तत्कालिन समयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धोका दिएर जीवनरामलाई साथ दिएको आरोप भोग्दै आएका पिताम्बर ओलम्पिकको निर्वाचन प्रकृयाबाट अलग भएका छन् । राष्ट्रिय खेलकुद परिषद्मा दुई पटक उपाध्यक्ष रहेका पिताम्बरलाई घरेलु खेलकुदका प्रभावशाली नेता मानिन्छ ।

अदालतले रोक्न आदेश दिएपनि, अन्तराष्ट्रिय ओलम्पिक कमिटिले विधान संशोधनको स्वीकृति नदिएपनि चुनाव गराउन उद्यत रहेका जीवनराम सहित कार्यसमितिका २० जनामाथि अदालतमा अपहेलनाको मुद्धा दायर छ । सो मुद्धामाथि अदालतबाट सुनुवाई हुन बाँकी छ ।  

यस्ता छन् ओलम्पिकले सार्वजनीक गरेका प्रतिनिधिको नामावली,

Bajaj Pulsar Motorcycle Ad
#ओलम्पिक प्रतिनिधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती