गुरुकुलम स्कुलले फुटसल प्रतियोगिता आयोजना गर्दै
शनिबार, १९ माघ २०८१खेलपाटी संवाददाता
-1738412934.jpeg&w=3840&q=75)
काठमाडौं। गुरुकुलम स्कुलको आयोजनामा प्रथम अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने भएको छ।
दुई दिने उक्त प्रतियोगिता माघ २४ र २५ गते हुने आयोजकले जनाएको छ। लिग कम नकआउट फर्म्याटमा हुने प्रतियोगिताका सम्पूर्ण खेल स्वयम्भूको सीतापाइला चोकस्थित गुरुकुलम स्कुलमै हुनेछन्।
आयोजकका अनुसार प्रतियोगितामा उपत्यकाका १६ विद्यालयका २०० खेलाडीले सहभागिता जनाउने छन्। यस प्रतियोगिताले सहभागी विद्यालयहरू बीच सौहार्दता र स्वस्थ प्रतिस्पर्धात्मक भावनालाई बढावा दिँदै विद्यार्थीहरूलाई आफ्नो फुटसल सीप प्रदर्शन गर्न प्लेटफर्म प्रदान गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)

-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
