एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
शुक्रबार, १६ फाल्गुण २०८१खेलपाटी संवाददाता

बुटवल। मेन्स रूम रिलोडेड (एमआरआर) फुटसल प्रतियोगिताको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने भएका छन्।
शुक्रबार सार्वजनिक खेल तालिका अनुसार यी दुई टोली पहिलो खेलमै आमुन्नेसामुन्ने हुन लागेका हुन्। शनिबार बुटवल रुपन्देहीमा हुने प्रतियोगितामा यी दुईसहित १३ टोलीले सहभागिता जनाएका छन्।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा काठमाडौं र झापासहित बुटवल ‘बी’, हेटौंडा, पोखरा ‘बी’, ललितपुर र पाल्पा छन्।
समूह ‘बी’ मा चितवन, स्याङ्जा, बुटवल ‘ए’, म्यानेजर, कास्की,पोखरा ‘ए’ छन्।
समूह ‘ए’ को बुटवल ‘बी’ तथा समूह ‘बी’ को चितवन र पोखरा ‘ए’ ले सिधै क्वार्टरफाइनल खेल्नेछन्।






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)

-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
