शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक

शुक्रबार, २३ जेठ २०८२सन्ध्या ढुंगाना
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
Loading ad...
mustang rice ad

काठमाडौं। नयाँ अनुहार, नयाँ शैली र नयाँ दृष्टिकोण लिएर नेपाल महिला राष्ट्रिय फुटबल टोली सम्हाल्न आइपुगेका प्याट्रिक डे विल्डे अहिले एउटा महत्त्वपूर्ण मोडमा उभिएका छन्। 

उनको पहिलो चुनौती उज्बेकिस्तानमा हुने महिला एसियन कप छनोट छिचोल्ने हुनेछ। त्यो पनि जम्मा २० दिनको तयारी समयसहित। तर, यो छोटो समयलाई उनी अवसरको रूपमा हेर्छन्। भन्छन्, ‘तयारीका लागि यो समय कम छैन। टिमसँग काम गर्न थालिसकेको छु। हाम्रो ध्यान सुरुआती चरणदेखि नै हुनेछ।’

युइएफए प्रो–लाइसेन्स होल्डर प्याट्रिकले एसियन कप २०२६ छनोटअन्तर्गत लाओसविरुद्धको खेलमार्फत प्रशिक्षकको भूमिकामा नेपाली टोलीमा डेब्यु गर्नेछन्। यी दुईबीचको खेल २९ जुनमा हुनेछ। नेपाल र लाओस समूह ‘एफ’ मा परेका छन्। 

यो समूहमा उज्बेकिस्तान र श्रीलंका पनि छन्। लाओस र श्रीलंका नेपालको तुलनामा त्यति बलिया टोली होइनन्। उज्बेकिस्तानविरुद्ध जित हासिल गर्न सके समूहको शीर्ष स्थानमा रहेर अस्ट्रेलियामा हुने एसिया कपमा चौथोपल्ट स्थान बनाउने नेपाललाई मौका छ। यसैका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६० वर्षीय प्याट्रिकलाई एक वर्षको सम्झौतामा बेल्जियमबाट नेपाल झिकाएको हो। 

हुन त उनी यसअघि नै नेपाल आउन इच्छुक थिए। तर, महिला टोलीको प्रशिक्षक भएर भने होइन। उनले चाहेको बेला एन्फाले पनि सायद महिला टोलीमा विदेशी प्रशिक्षको खाँचो नै महसुस गरेको थिएन। त्यसैले होला रोजाईमा स्वभाविक रूपमा नेपाली राष्ट्रिय पुरुष टोली नै थियो। 

प्रशिक्षक बन्न आवेदन पनि दिए। तर, अस्ट्रेलियन प्रशिक्षक म्याट रसको छायामा परे। प्याट्रिकलाई नेपाली फुटबलबारे जानकारी प्रशिक्षक मान्न सकिन्छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा उनले काठमाडौं रेजर्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। तर, काठमाडौं लिग चरणमा पोखरा थन्डर्ससँग गोलअन्तरले पछि पर्दा ‘प्लेअफ’मा पुग्न चुकेको थियो। 

त्यसैले उनको दृष्टिमा नेपाललाई अहिले उपाधिभन्दा टिम संरचनाको खाँचो छ। ‘प्रशिक्षण करियरमा नेपाल मेरो पहिलो एसियाली भूमी हो। मेरो अनुभवले ट्रफी नै मुख्य उद्देश्य होइन भन्छ। स्पेनिस लिगजस्तो ठूला प्रतिस्पर्धामा त रियल मड्रिड, एट्लेटिको मड्रिडजस्ता ठूला टोलीले मात्र ट्रफी जित्छन्, गेटाफेले होइन,’ उनको तर्क छ।

नेपालमा अहिले पनि केही विदेशी खेलिरहेका छन्। त्यसैले उनी यस्ता खेलाडीलाई ढोका खोल्ने योजनामा छन्। यदि यस्तो भयो भने विदेशमा खेलिरहेका खेलाडीलाई पनि आफ्नो जन्मभूमि फर्किन कर लाग्ने उनको भनाइ छ। तर, मुख्य चुनौती भने सन् २०१० देखि टोलीमा खेलिरहेका सिनियर खेलाडीलाई फ्याल्नु हुनेछ। 

पूर्वमुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघि नै एन्फाको लक्ष्यअनुसार साफ महिला च्याम्पियनसिपको उपाधि हात पार्न र एएफसी एसिया कप हुँदै २०३१ को विश्वकपसम्म पुग्न कम्तीमा १० खेलाडीको विकल्प खोज्नुपर्ने बताएका थिए। यी खेलाडीको बढ्दो उमेर, बारम्बार आइरहने इन्ज्युरी र सुस्त गतिले उनी आजित थिए। खेलपाटीसँगको अन्तर्वार्तामा पनि बारम्बार यस्ता खेलाडीलाई हटाउने प्रयास गरे पनि आफू सफल हुन नसकेको उनले स्वीकार गरे। 

थाइल्यान्ड भ्रमणमा निस्किनुअघि पनि केही सिनियर खेलाडीलाई टोलीबाट हटाउने मनस्थिति देखाए। तर, वर्षौं खेलिरहेका खेलाडीलाई हटाउन सकेनन्। त्यसमा एन्फा पदाधिकारी नै बाधक बन्यो। उनलाई यो भ्रमणपछि ती खेलाडीलाई सन्न्यास लिन लगाउने शर्तमा अन्तिमपल्ट टोलीमा समेट्न लगाइयो। यो कुरा राजेन्द्र आफैं स्वीकार्छन्।

तर, टोली फर्किएको तीन दिन भइसक्दा पनि कुनै खेलाडी सन्न्यास लिन अगाडि सरेका छैनन्। यद्यपि, वाल्डे पनि राजेन्द्रकै लाइनमा देखिन्छन्। उनी पुरानो पर्खाल भत्काएर नयाँ उठाउने योजनामा अडिग छन्। 

शुक्रबार एन्फा कम्प्लेक्समा साफ यु–२० च्याम्पियनसिपको बन्द प्रशिक्षण नियाल्न पुगेका उनले केही युवा प्रतिभावान् खेलाडी देखे। ती खेलाडीलाई सिनियर टोलीमा ल्याउन उनी लालायित देखिन्छन्। भन्छन्, ‘टोलीमा स्टार खेलाडी हुन राम्रो कुरा हो। तर, सकारात्मक स्टार खेलाडी बन्नुपर्छ। म चाहन्छु यो पुरानो पर्खाल भत्कियोस्। नयाँ ट्यालेन्टलाई मौका दिइयोस्।केही खेलाडीलाई सिनियर टोलीको क्याम्पमा बोलाउने तयारीमा छु।’

यसको मतलब उनको प्रशिक्षणकालमा सबैका लागि सिनियर टोलीको ढोका खुला हुनेछ। हुन त उनी प्रशिक्षणमै खुलापन ल्याउन चाहन्छन्। खेलाडीसँग व्यक्तिगत सम्पर्क बढाउने उनको योजना छ।

फुटबलमा केही लुकाउनु हुन्न भन्ने उनको मान्यता छ। त्यसैले एन्फा बोर्डलाई पनि उनले प्रशिक्षणको शैलीदेखि लिएर खेलाडी छनोट र प्राविधिक टोलीसम्मको संरचना परिवर्तन हुने अग्रिम जानकारी दिइसकेका छन्। ‘परिवर्तन नगर्ने भए म यहाँ आउनुपर्ने थिएन,’ उनी भन्छन्।

उनको स्पष्ट लक्ष्य भनेकै प्रतिस्पर्धी, अनुशासित र समर्पित टिम बनाउने देखिन्छ। तर, समय भने तीन साताभन्दा कम छ। अल्जेरिया, हंगेरी र चीनलगायत राष्ट्रमा काम गरिसकेको अनुभवले भने यो समय अझै बढी भएको उनी बताउँछन्। उक्त राष्ट्रमा  खेलाडी सीमित दिनका लागि मात्रै प्रशिक्षणमा आउँछन्। त्यसैले समयभन्दा महत्त्वपूर्ण कुरा खेलाडीहरूको बुझाइ, गुणस्तर र समर्पण रहेको उनी मान्छन्।

उनको उदाहरण स्पष्ट छ– केभिन डे ब्रुएना र रोमेलु लुकाकु पनि ९ दिनका लागि मात्रै राष्ट्रिय टिममा आउँछन्। तर, खेलको रणनीति छिटो बुझ्छन्।

‘हामी कहाँ पनि यो सम्भव छ, तर खेलाडी तयार हुनुपर्छ,’ उनी भन्छन्। उनको यो महत्त्वाकांक्षाले सकारात्मक बाटो देखाउँछ।

अब त्यो बाटोमा नेपाली महिला फुटबल कति छिटो र कति दृढताका साथ अघि बढ्छ, त्यो हेर्न भने उज्बेकिस्तान भ्रमणले नै छर्लंग देखाउँछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का