शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ

शनिबार, ३१ जेठ २०८२सन्ध्या ढुंगाना
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
Loading ad...
mustang rice ad

काठमाडौं। आरिफ शेख धैर्य, अनुशासन र शान्त स्वभावको पर्याय भन्दा केही फरक नपर्ला।  यिनै तीन गुणले ब्याटिङ अलराउन्डर आरिफ शेखलाई नेपाली क्रिकेटमा एक स्थापित र विश्वासिलो खम्बाको रूपमा चिनाएको छ।

उनी न त निकै आक्रामक शैलीका खेलाडी हुन्, न त मिडियामा बारम्बार आउने चर्चाका पात्र। तर, जब नेपाली टोली अप्ठ्यारोमा पर्छ, आरिफको संयमित ब्याटिङले खेलको मोड परिवर्तन गर्ने गरेको छ।

यही निरन्तरता र समर्पणका कारण टिममा उनको परिचय अलग्गै बनिरहेको छ। पछिल्लो उदाहरण नै लिऊँ गत बिहीबार आइसिसी विश्वकप लिग–२ अन्तर्गतको नेदरल्यान्ड्सविरुद्धको खेल। 

शीर्षक्रम धराशायी भएपछि नेपालको इनिङ्स अप्ठ्यारोमा परेको थियो। टिमको स्कोर ६८ रन हुँदा तीन विकेटको स्थितिमा ब्याटिङ गर्न आएका आरिफले एक छिन मैदानमा मौन भए तर  त्यो मौनता वास्तवमा आत्मविश्वासको तयारी थियो।

उनले ९९ बलमा सात चौका र दुई छक्का प्रहार गर्दै ७८ रनको सशक्त इनिङ्स खेले। आरिफले कप्तान रोहितकुमार पौडेलसँग ५५ र दीपेन्द्र सिंह ऐरीसँग ८९ रनको साझेदारी गर्दै नेपाललाई जितको सहज बाटोमा डोर्‍याए​। जति बेला उनी आउट भएका थिए, नेपाल जितनजिक पुगिसकेको थियो।

आरिफको ‘म्याच विनिङ’ उपस्थितिको यो एकमात्र उदाहरण होइन। सन् २०२३ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा उनले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध ९३ बलमा ६३ रनको पारी खेलेर एकदिवसीय क्रिकेटमा आफूलाई स्थापित गराइसकेका थिए।

योसँगै उनी वेस्ट इन्डिजविरुद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने। त्यति मात्रै होइन गत वर्ष अमेरिकामा लिग–२ अन्तर्गतको सिरिजमा स्कटल्यान्डविरुद्धको खेलमा पनि आरिफले संकटको घडीमा अर्धशतक प्रहार गरेर टोलीलाई जितमा डोर्‍याए। 

दायाँ हाते ब्याटिङ गर्ने २७ वर्षीय आरिफको यात्रा स्कुल क्रिकेट हुँदै जिल्ला, त्यसपछि यु–१९ हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा कतै सजिलो थिएन। सन् २०१४ मा एसिसी प्रिमियर कपमा यु–१९ उपकप्तानको जिम्मेवारी सम्हाल्दै उनले नेतृत्व क्षमता पनि देखाइसकेका थिए। त्यसको एक वर्षपछि सन् २०१५ मा आरिफले सिनियर राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन्।

हालसम्म उनले ५९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा आठ अर्धशतकसहित १ हजार २०३ रन बनाएका छन्। यस्तै, टी–२० आईमा उनको नाममा ४१ खेलमा ४९४ रन छ। पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने र रोहित पौडेलको कप्तानीमा खेलेका आरिफले पछिल्लो समयमा रोहितकै नेतृत्वमा सबैभन्दा धेरै ३३ म्याच खेलेका छन्। यो आँकडाले उनीप्रति रहेको कप्तानको भरोसा प्रस्ट पार्छ।

आरिफ मिडियाको आकर्षणभन्दा टाढा रहने तर मैदानमा टिमसँग नजिक रहने खेलाडीमा पर्छन्। साथै उनी ‘साइलेन्ट फिनिशर’ का रूपमा चिनिन्छन् अर्थात् आरिफ अन्तिम क्षणमा आएर पनि खेल सम्हाल्न सक्छन्। 

तर, उनी कहिले पनि ठूलो स्वरमा आफ्ना योगदानको चर्चा गर्दैनन्। यही विनम्रता र निरन्तरताले उनी टोलीका भरोसायोग्य ब्याटर बनिरहेका छन्, विशेष गरी एकदिवसीय इनिङ्स।

आरिफको क्रिकेट यात्रा उनको भाइ आशिफ शेखसँग पनि जोडिएको छ। राष्ट्रिय टोलीमा यो दाजुभाइको उपस्थिति नै नेपाली क्रिकेटको सौन्दर्य बनेको छ। विकेटकिपर/ब्याटर आशिफ दाजु आरिफलाई आफ्नो ‘मेन्टर’ मान्छन्। 

खेल प्रदर्शनका हिसाबमा आरिफभन्दा आसिफले बढी मौका पाएका छन्। उनी हाल दुवै फर्म्याटमा पहिलो रोजाइका ओपनर हुन्। आसिफले हालसम्म ओडिआईमा ५८ खेलमा १ हजार ५६१ रन बनाएका छन्, त्यस क्रममा उनले सर्वाधिक १३ अर्धशतक प्रहार गरेका छन्। आसिफ ओडिआईमा सर्वाधिक रनकर्ता नेपाली ब्याटरको सूचीमा दोस्रो स्थानमा छन्। यस्तै, यो सूचीमा आरिफ चौथो स्थानमा छन्।

यस्तै, टी–२० आईमा पनि आसिफको प्रदर्शन सन्तोषजनक नै छ। उनले हालसम्म यस फर्म्याटमा ५७ इनिङ्समा सात अर्धशतकको मद्दतमा १ हजार ३५२ रन बनाएका छन्। आसिफ क्रिकेटको महारथी भारतविरुद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर हुन्।

उनले सन् २०२३ को एसिया कपमा ९७ बलमा ५८ रनको इनिङ्स खेलेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

सन्दीप चम्किँदा बागमतीको जित

सन्दीप चम्किँदा बागमतीको जित

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का