शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

बुधबार, ०२ पौष २०८२खेलपाटी संवाददाता
EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा
Loading ad...
mustang rice ad

काठमाडौं। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को रिक्त सदस्यसचिव पदका लागि निवर्तमान सदस्यसचिव विश्वमित्र सन्ज्यालसहित २१ जनाले निवेदन दिएका छन्। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले माग गरेको सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले दरखास्त पेश गरेका हुन्।

कर्णाली प्रदेश सरकारले गत मंसिर ९ गते सूचना प्रकाशित गर्दै १५ दिनभित्र योग्य उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको थियो। सदस्यसचिव पद करिब एक वर्षदेखि रिक्त रहँदै आएको अवस्थामा प्रदेश सरकारले नियुक्ति प्रक्रिया अघि बढाएको हो।

सदस्यसचिव नहुँदा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनालाई लिएर प्रदेश सरकारको प्रतिबद्धतामाथि प्रश्न उठ्दै आएको थियो। सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमै आयोजना गर्ने निर्णय गरिसकेको छ। प्रतियोगिता प्रदेशमै आयोजना हुने भएकाले पनि आगामी सदस्यसचिवलाई विशेष महत्त्वका साथ हेरिएको छ।

सदस्यसचिव पदका लागि दरखास्त दिनेहरूमा चेतनराज गिरी, हेमा खड्का, प्रमोद हमाल, प्रभात थापा, दिलिप बस्याल, घनश्याम पाण्डे, जगतप्रसाद रिजाल, केशरबहादुर रोकाया, टंकप्रसाद गैरे, पंखबहादुर मल्ल, मनराज शाही, दिपक हमाल, पदम वन, जगत प्याकुरेल, गणेश खनाल, गणेशबहादुर शाही, रेशमबहादुर गुरुङ, रविन्द्र चन्द, पवनकुमार थापा, विश्वमित्र सन्ज्याल र लिलाप्रसाद ढकाल रहेका छन्।

निवर्तमान सदस्यसचिव सन्ज्यालले समेत अनलाइनमार्फत पुनः सदस्यसचिव पदका लागि निवेदन दिएका छन्। यसैगरी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशको खेलकुद पूर्वाधार निर्माणको नेतृत्व गरेका सन्ज्याल पनि सदस्यसचिवको दौडमा रहेका छन्। सन्ज्यालको नेतृत्वमा प्रदेशमा खेलकुद पूर्वाधार निर्माणतर्फ उल्लेखनीय उपलब्धि हासिल भएको छ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश सरकारले ३ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा नयाँ रंगशालासहित अधिकांश खेलकुद पूर्वाधार निर्माण गरिसकेको छ। आगामी दिनमा नियुक्त हुने सदस्यसचिवले यी संरचनाको प्रभावकारी उपयोग र प्रतियोगिताको सफल आयोजना सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का