२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय
बुधबार, ०९ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को १२४औं बोर्ड बैठकले जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय गरेको छ।
राखेप अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बैैठक बसेको हो। एसियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म जापानको आइची र नागोयामा हुँदैछ।
३२ खेलका लागि २३९ पुरुष र १९५ महिला गरेर कुल ४ सय ३४ खेलाडीको संख्या दर्ता गरिसकिएको छ।













