नेपालको मुस्किलको जित
बुधबार, ०९ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। सम्झना खड्काको सानदार ब्याटिङसँगै नेपालले आईसीसी महिला टी–२० आई च्यालेन्ज ट्रफीमा लगातार दोस्रो जित निकालेको छ।
बुधबार सम्पन्न खेलमा नेपालले घरेलु टोली रुवान्डालाई २ विकेटले पराजित गरेको हो।
जितसँगै नेपालले ३ खेलबाट ४ अंक जोडेको छ। रुवान्डाको पनि समान खेलबाट समान अंक छ। रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपालले २ बल बाँकी रहँदा ८ विकेट गुमाएर पूरा गर्यो।
नेपाली ओपनर सम्झनाले सर्वाधिक ४८ रन बनाइन्। ४२ बल खेलेकी उनले ७ चौका प्रहार गरिन्। पूजा महतोले १३ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
रुवान्डाकी जियोभानिस उवासेले सर्वाधिक ३ विकेट लिइन्। गिसेल इशिम्वे २ विकेट लिइन्।






-1776781891908.jpeg&w=3840&q=75)
-1776776604257.jpeg&w=3840&q=75)




