ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार
बुधबार, ०९ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। ओमानले एकदिवसीय सिरिजमा नेपाललाई लज्जास्पद हार चखाएको छ।
बुधबार सम्पन्न खेलमा नेपाल ‘ए’ ७० रनले पराजित भएको हो। ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै २१० रन मात्र बनाउन सक्यो।
नेपालका ईशान पाण्डेले सर्वाधिक ५२ रन बनाए। ६२ बल खेलेका उनले ३ चौका प्रहार गरे। कप्तान अनिलकुमार साह ५०, देव खनाल ४३ र त्रितराज दास ३१ रनमा आउट भए।
ओमानका शकिल अहमेदले सर्वाधिक ३ विकेट लिए।






-1776781891908.jpeg&w=3840&q=75)
-1776776604257.jpeg&w=3840&q=75)




