राडुकानुलाई वाइल्ड कार्ड
शुक्रबार, २७ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । बेलायती नम्बर एक महिला खेलाडी इम्मा राडुकानुलाई इन्डियन वेल्स टेनिसमा लागि वाइल्ड कार्ड प्रदान गरिएको छ।
विश्व वरीयताको ८० औं स्थानमा झरेपछि राडुकानुले सिधै छनोटको अवसर गुमाएकी थिइन् ।
तर, २०२१ को युएस ओपन विजेता २० वर्षीया राडुकानुलाई वाइल्ड कार्डबाट प्रतियोगिता खेल्ने अवसर प्रदान गरिएको हो ।
अष्ट्रेलियन ओपनको दोस्रो राउण्डमा अमेरिकी खेलाडी कोको गफसँग पराजित भएपछि राडुकानुले खेलेका छैनन् ।
अमेरिकाको क्यालीफोर्नियामा हुने इन्डियन वेल्स आगामी मार्च ६ देखि १९ सम्म आयोजना हुनेछ ।
राडुकानुलाई वाइल्ड कार्ड







1686853912-1760864621059.avif&w=3840&q=75)



-1765820073676.webp&w=3840&q=75)

-1765813062633.webp&w=3840&q=75)
