उद्घाटन खेलमा आयोजक डिपो विजयी
शुक्रबार, १२ पौष २०८१खेलपाटी संवाददाता

काठमाडौं। डिपो स्कुलको आयोजनामा आयोजित १९औं अम्बर ललित डिपो कपको उद्घाटन खेलमा आयोजक डिपो स्कुल रेड टिम विजयी भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार डिपोले देउराली चिल्ड्रेन स्कुललाई ५–० सहज जित निकालेको हो। खेलमा डिपोका सुरज राणामगरले ह्याट्रिक गरे।
यसै गरी डिपोका कुशल राईले एक गोल थपे। एक गोल भने देउराली चिल्ड्रेनका सक्षम राईले पहिलो हाफको ११औं मिनेटमा आफ्नै गोल पोस्टमा आत्मघाती गोल गरेका थिए।









-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
